वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दियामा सरस्वती पूजा धुमधामले मनाईयो : आज लेखपढ गराए राम्रो विद्या आउने विश्वास

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, माघ ८, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइएको छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सोमबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्र्धािङ्गनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

यसै अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँको रामजानकी आवासिय माद्यामिक बिद्यालयले २२ औँ बार्षिक उत्सब सम्पन्न गरेको छ । बार्षिक उत्सबका अबसरमा बिद्यालयलाई सहयोग तथा बिद्यालयको हितका लागि काम गर्ने बिद्यालयका सस्थापक सदस्य कृष्णप्रसाद पौडेल, डिल्लीराम गौतम र अभिभावकका तर्फबाट प्रेम बहादुर बिष्ट तथा शिक्षकका तर्फबाट लक्ष्मी लम्साल गरि ४ जना सम्मान गरिएको थियो ।

उत्सवमा बिद्यालयका सस्थापक अध्यक्ष नन्दराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

चुरे मावि बगनाहामा पनि विविध कार्यक्रमसाथ सरस्वती पुजा मनाइयो

यस्तै चुरे मावि बगनाहामा पनि विविध कार्यक्रमसाथ सरस्वती पुजा मनाईएको छ । सरस्वती पुजाको अवसरमा विद्यालय परिसरमा रहेको सरस्वती मन्दिरमा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुद्वारा पूजा अर्चना गरिएको थियो ।
सरस्वती पुजाकै अवसरमा चूरे मावि प्राविधिक शिक्षा तर्फका विद्यार्थीहरूद्वारा आयोजित फुटवल,हाजिरी जवाफ र म्यूजिकल रेस प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रधानाध्यापक राजेशकुमार यादवले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

फुटवल प्रतियोगितामा आई.एस्सी.एजी.दोश्रो बर्ष प्रथम र भेटेनरी जेटीए दोश्रो भएका थिए भने हाजिरीजवाफ प्रतियोगितामा आई.एस्सी.दोश्रो वर्ष प्रथम र आई.एस्सी.एजी प्रथम वर्ष दोश्रो भएका छन् । यसैगरी छात्राहरूको म्यूजिकल रेस प्रतियोगितामा निशा न्यौपाने प्रथम,जनमाया रावत दोश्रो र रन्जु शाहीले तेश्रो स्थान प्राप्त गरेको चूरे मा.वि.वगनाहाका प्राविधिक कार्यक्रम संयोजक असिमकुमार पौड्यालले बताए ।

विज्डम क्वालिटी इङ्लिस मिडियम स्कुलको १२ औ वार्षीक उत्सव सम्पन्न 

बर्दियाको बारबर्दिया नगरपालिका-१० बैदीमा रहेको विज्डम क्वालिटी इङ्लिस मिडियम स्कुलले सोमबार बिद्यालयको १२ औ बार्षीक उत्सब सम्पन्न गरेको छ । उत्सबमा बिद्यालयको नृत्य लगायत राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहेको थियो । उत्सबमा दाहोरी गायक नबिन पौड्याल, लोकपप गाएक टंक तिमील्सैना, हाँस्यकलाकार जोगिन्दर पानवाला, जादुगर गुन्द्रुक सादेर लगायतको दमदार प्रस्तुती थियो । वार्षिक उत्सब कार्यक्रममा बिद्यालयका संस्थापक प्रीन्सीपल दिपक लम्सालले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बिद्यालय ब्यबसथापन समितीका अध्यक्ष जुद्धबहादुर सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतित्थता रहेको थियो । कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनीधी, समाजसेबी बुद्धीजीबी, अबिभाबक हजारौँको उपस्थिती रहेको प्रीन्सीपल दिपक लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: