वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

बर्दियामा समानुपातिक तर्फ १९ हजार ८ सय ११ मत बदर

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०७४ ।    

गुलरिया,बर्दिया।
मतदाता शिक्षा प्रभावकारी नहुँदा बर्दियामा समानुपातिकको प्रतिनिधीसभा तर्फ १९ हजार ८ सय ११ मत बदर भएको छ ।
बर्दियाको प्रतिनिधी सभा क्षेत्र नम्बर-१ मा ११ हजार ३ सय ७७ मत बदर भएको छ भने क्षेत्र नम्बर २ मा ८ हजार ४ सय ३४ हजार ३ सय ७७ मत बदर भएको हो ।
त्यस्तै प्रदेशसभा १ (क) मा ७ हजार ०३९ र प्रदेससभा १ (ख) मा १ हजार ८ मत बदर भएको छ । प्रदेशसभा २ (क) मा ६ हजार ९ सय ६२ र प्रदेससभा २ (ख) मा ६ हजार ५ सय ३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी ईन्द्र कुमार कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्: