वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

बर्दियामा समानुपातिक तर्फ कांग्रेस अगाडी: दोस्रोमा सुर्य

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
देशैभरी जारी रहेको समानुपातिक मत गणना अनुसार हालसम्ममा नेकपा एमालेले अग्र स्थानमा रहेर अघि बढिरहेको छ । नेपाली कांग्रेसले उसलाई पछ्याउदै छ । यो समाचार पार्दासम्म प्रतिनिधि सभा तर्फ नेकपा एमालेले १८,६०,५७१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १७,७०,६२१ मत ल्याएको छ ।

बर्दिया समानुपातिक तर्फको मत गणना अनुसार प्रतिनिधि सभा तर्फ रुख चिन्हले पहिलो र सुर्य चिन्हले दोस्रो स्थान प्राप्त गरेका छन भने प्रदेश सभा तर्फ रुखलाई एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडाले पछ्याएको छ ।
निर्वाचन आयोगका अनुसार १,९०,८१२ मत गणना गरिएकोमा प्रतिनिधि सभा तर्फ रुख चिन्ह अर्थात नेपाली कांग्रेसले ६६ हजार ०८९ मत प्राप्त गर्दै पहिलो भएको छ भने सुर्य अर्थात नेकपा एमालेले ४६ हजार ७२८ मत ल्याएर दोश्रो भएको छ । त्यस्तै प्रदेश सभामा भने काग्रेसले ६० हजार ४५० मत ल्याउदै गर्दा माओबादीले (गोलाकारभित्र हसिया हथौडा) ४४ हजार ३२८ मत सहित दोस्रो स्थानमा रहेको छ । (अन्य प्रमुख ५ दलको विवरण तल उल्लेख गरिएको छ) बर्दियामा कुल मतदाता संख्या २,७२,४७७ रहेको छ।
बर्दियामा समानुपातिकको प्रतिनिधीसभा तर्फ १९ हजार ८ सय ११ मत बदर भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर १ मा ११ हजार ३ सय ७७ मत बदर भएको छ भने प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा ८ हजार ४ सय ३४ हजार ३ सय ७७ मत बदर भएको छ । यस्तै प्रदेशसभा १ (क) मा ७०३९ र प्रदेससभा १ (ख) मा १००८ मत बदर भएको छ भने प्रदेशसभा २ (क) मा ६ हजार ९६२ र प्रदेससभा २ (ख) मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी ईन्द्र कुमार कार्कीले बताए ।

समानुपातिक तर्फ प्रमुख ५ दल:

प्रतिनिधि सभा:
१. नेपाली काँग्रेस (रुख) – ६६,०८९
२. नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सूर्य)- ४६,७२८
३. गोलाकारभित्र हसिया हथौडा- ४५,६९८
४. राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई)- ३,९४९
५. विवेकशील साझा पार्टी (तराजु)- १,४१२

प्रदेश सभा:
१. नेपाली काँग्रेस (रुख) – ६०,४५०
२. गोलाकारभित्र हसिया हथौडा- ४४,३२८
३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सूर्य)- ४४,११४
४. राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई)- ३,५६४
५. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)(गोलाकारभित्र हलो)- १२७७

प्रतिक्रिया दिनुहोस्: