वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दियामा सञ्जयलाई पछ्याउदै बामदेब गौतम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    

गुलरिया, बर्दिया

बर्दियाको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई खतराको घन्टी बजेको छ ।

यो समाचार तयार पार्दासम्ममा बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतम १ सय ७७ मतअन्तरले एमालेका बामदेव गौतमलाई पछि पार्दै अग्रता लिएका छन। मतगणना सुरु भएदेखि पहिलो पटक उनले अग्रता लिएका हुन ।

मतगणना सुरु भएदेखि बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बामदेव गौतमले ९ सय देखि २ हजार ४ सय अग्रता लिएका थिए । मतान्तर घटदै गएर ५ सय ७६ मतले पछी रहेका बेला शनिवार राति साढे ११ बजे एक्कासी मतान्तर बढेको हो ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार सिँचाई मन्त्रि समेत रहेका सञ्जयकुमार गौतमले २८ हजार ९ सय २१ मत सहित अग्रता लिएका छन भने उनका प्रतिस्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतम २८ हजार ७ सय ४४ मत सहित पछ्याइ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्: