वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

बर्दियामा शान्त र निर्वाद रुपमा मतदान चल्दै

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, असार १४, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
स्थानिय तह निर्वाचनको दोश्रो चरण अन्तर्गत आज भईरहेको मतदान प्रकृयामा बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकाका बिभिन्न मतदान केन्द्रहरुमा शान्त र निर्बाद तरिकाले मतदान चलिरहेको छ ।

ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकामा यो समाचार तयार पार्दासम्ममा झन्डै ३६ प्रतिशत मत खसिसकेको र २/३ बजेसम्ममा लगभग मत खसिसक्ने स्थानिय मतदाताहरु बताउछन । बर्दियामा जिल्लामा २ लाख ५३ हजार १ सय ८७ जना मतदाता रहेका छन ।

आज पानी पर्ने भनिएता पनि बर्दियामा भने बिहानै देखी घाम लागेको छ । कतै बिहानैदेखि चर्को घाम लागेको छ भने कतै बादलले सितल बनाएको छ । र पनि मतदाताहरु घाम पानी छल्न छाता लिएर तयारी अवस्थामा आएका छन ।

यसैबिच नेकपा एमालेका उपाध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री वामदेव गौतमले बाँसगढी नगरपालिकाको त्रिभुवन मा. वि. ककौरा मतदान केन्द्रबाट बिहान मतदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: