वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियामा विभिन्न स्थानमा ‘महादान’ नामक सडक नाटक प्रदर्शन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४ ।    

भुरिगाउँ,बर्दिया।
निर्वाचन सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बर्दियाका बिभिन्न स्थानहरुमा ‘महादान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । निर्वाचन आयोगको सहयोगमा मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन सशक्त र प्रभावकारी बनाउने उद्देश्यले प्रचारमुखि मतदाता शिक्षा कार्यक्रम अन्तर्गत उक्त सडक नाटक बर्दियाका सबै स्थानिय तहका स्थानहरुमा प्रदर्शन गर्न लागिएको दियालो परिवार कोहलपुरका उपाध्यक्ष सन्तकुमार बिश्वकर्माले बताए।


बर्दियाको बाँसगढी, राजापुरमा सो नाटक मन्चन गरिसकिएको आयोजकले जनाएको छ । बाँकेको कोहलपुरमा रहेको दियालो परिवारका कलाकारहरुले प्रदर्शन गरेको सड्क नाटकमा निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धी सन्देश रहेको छ । नाटकमा निर्वाचनमा कसरी मतदान गर्ने, कस्ता व्यक्तिलाई मतदान गर्ने, सो-बिबेकले मतदान गर्ने, देश र समाजको बिकासको लागी पहल गर्न सक्ने योग्य व्यक्तिलाई भोट दिने भन्ने खाल्को गित संगित र अभिनयको माध्यमबाट सन्देश दिईएको आयोजकले बताएको छ ।

साँकृतिक संस्थान काठमाण्डौको संयोजनमा दियालो परिवार कोहलपुरका कलाकारहरु मार्फत निवार्चन आयोगले सडक नाटक महादान देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्: