वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

‘बर्दियामा बामदेव, चितवनमा प्रचण्ड, झापामा केपी वली चुनाव हार्ने डरले वामएकता गरिएको हो: सिचाँईमन्त्री गौतम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४ ।    

गुलरिया,बर्दिया ।
सिचाईमन्त्री तथा बर्दिया क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सञ्जयकुमार गौतमले बर्दियामा बामदेव जी, चितवनमा प्रचण्ड जी, झापामा के पी वली जी चुनाव हार्ने डरले वाम एकता गराएको बताएका छन् ।
चुनावी भेलाहरुलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धी र आमुल परिवर्तनका लागि नभई चुनाव जिती सत्ता कब्जा गरि नेपालमा साम्यवाद लाद्ने तथा ब्यक्तिका निजी सम्पति कब्जा गर्ने गलत मनसायले एमाले माओवादीको केन्द्रिय नेतृत्वले वाम गठबन्धन गरेको बताउदै जनताले मंसीर २१ को निर्वाचनमा भोट नदिएर वाम गठबन्धनलाई असफल बनाउने बताएका छन ।


एमाले माओवादीका शीर्ष नेताहरुले चुनाव हार्ने डरले आफनो सीट सुरक्षित गर्न वाम गठबन्धन गरेको बताउदै सिचाईमन्त्री गौतमले नेपाली जनता वाम गठबन्धनलाई नभई लोकतान्त्रिक गठबन्धनलाई जिताउन आतुर रहेको आफुले पाएको बताए । ठुला ठुला नेताहरुले आफनो सीट सुरक्षित गर्नका लागि र आफनो राजनैतिक अस्तित्व बचाउनका लागि यो गठबन्धन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्: