वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दियामा नहरमा डुबेर बालिकाको ज्यान गयो

        सुदीप अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, साउन ३, २०७४ ।    

ठाकुरबाबा,बर्दिया
ढोढरी नहरमा डुवेर एक बालिकाको ज्यान गएको छ । मंगलबार दिउँसो नहरमा नुहाउने क्रममा ठाकुरबाबा–३ मानपुर गाउँकी ११ वर्षीया बालिका सपना एडीको ज्यान गएको बगनाहा प्रहरी चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार बालिका एडी आफना ४ जना साथीसहित नहर छेउँमा भैसी चराउन गएकी थिइन । दिउँसो असाध्यै गर्मी भएपछि उनीहरु मध्ये ३ जना नहरको मानपुर जिरो प्वाइनट नजिक नुहाउँन नहर पसेका थिए । नुहाउन पसेका मध्ये एक जना वेपत्ता भएपछि अरु दुइजना साथीहरु मध्ये एक जना आफै नहर बाहिर निस्केका थिए । भने अर्को एक जनालाई स्थानियले उद्धार गरेर बाहिर निकालेका थिए ।
बालिका वेपत्ता भएपछि ढाढरी नहर बन्द गरिएको थियो । नहर बन्द भएपछि घटनास्थलबाट करिव सय मिटर तल बालिकाको शब फेला परेको प्रहरीले जनायो ।

यस्तै बर्दियाको गेरुवा गाउँपालिकामा तटबन्धनमा खस्दा एक वृद्धको ज्यान गएको छ ।
गेरुवा गाउँपालिका-६ का ६५ वर्षिय शेर बहादुर शाही घर नजिकै स्याउली बजार स्थित तटबन्धनमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी हिँडीरहेका शाहीको तटबन्धनमा खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: