वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दियामा जम्मा ७० प्रतिशत मत खस्यो: जिल्ला निर्वाचन कार्यलय बर्दिया

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ।    

बर्दिया ।
बर्दियामा हिजो सम्पन्न मतदानमा ७० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यलय बर्दियाले आधिकारिक पुष्टी गरेको छ ।
बर्दिया जिल्लामा जम्मा मतदाता संख्या २,७२,४७७ रहेकोमा हिजो सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा जम्मा १,९०,८१९ मत खसेको कार्यालयले जनाएको हो ।


आज दिउसो १२ बजेदेखी मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार बर्दियाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन।

प्रतिक्रिया दिनुहोस्: