वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दियामा चुनावलाई मध्यनजर गर्दै भारतीय सिमानाका बन्द: अनुमतीबिहिन सवारी साधनमा रोक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४ ।    

गुलरिया, बर्दिया ।
आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मर्यादित र भयरहित बनाउनको लागि जिल्लाको भारतिय सीमा नाका मंसिर १८ गते राती १२ बजेदेखि मंसिर २१ गते साझ ७ बजेसम्म बन्द रहने जिल्ला निर्वाचन आयोग बर्दियाले जनाएको छ । त्यस्तै निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बर्दियामा मंसिर २० गते राती १२ बजेदेखि मंसिर २१ गते साझ ७ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा अनुमति प्राप्त यातायातका साधन बाहेकका लाई सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरि जानकारी गराएको छ ।


निर्वाचनका दिन सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक ईजाजत लिएका वा नलिएकाहरु कुनै पनि हातहतियार लिएर हिनडुल गर्न नपाईने, घरलु मदिरा उत्पादन तथा ओसारपसार बिक्री वितरण गर्नमा रोक लगाईएको सुचनामा उल्लेख छ । निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल् पुर्याउने कुनै क्रियाकलाप गरेको वा गराएको पाएका कानुन बमोजिम कार्वाही गर्ने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: