वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

बर्दियामा चितुवाको छाला सहित एक जना पक्राउ

        भावुक योगी   |   प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७३ ।    

भुरिगाउँ ।
चितुवाको छाला सहित प्रहरीले मंगलवार बेलुका आम्बासाबाट एक जनालाई पक्राउ गरेको छ ।
पुर्व पश्चिम राजमार्गमा पर्ने भुरीगाउँको आम्बासा नजिक पैदल हिँडीरहेका दैलेख सात्तला १ का ५२ वर्षिका बल बहादुर शाहीको झोलाबाट एक थान चितुवाको छाला सहित पक्राउ गरेको बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले जानकारी दिनुभयो ।
क्षेत्रिय व्युरोबाट खटिई आएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि चितुवाको छाला सहित बल बहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय गुलरीया ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: