वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दियामा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकको मृत्‍यु, एक घाईते

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, अशोज २६, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
बर्दियामा गुडिरहेको ट्रकमा बिजुलीको लाइन छोईदा करेण्ट लागेर घाईते भएका दुई जना मध्य एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेको ट्रकमा बिजुलीको लाइन छोईदा करेण्ट लागेर घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो भने अर्का घाइते सोही ठाउँका अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेर गएको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको लाइनले छुँदा करेण्ट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्: