वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियामा कलाकार तथा सर्जक मञ्च गठन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५ ।    

गुलरिया, बर्दिया।
बर्दियामा साधनारत कलाकारहरु एकजुट भएका छन । बर्दियाका दुई दर्जन बढी स्रष्टाहरुको उपस्थितिमा भएको भेलाले बर्दियाका सबै स्रष्टाहरुलाई समेट्ने उद्देश्यले संस्कृतिकर्मी तथा कलाकार प्रभात सुवेदीको अध्यक्षतामा कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाको तदर्थ समिति गठन गरिएको छ ।
कसमको नवगठित समितिको उपाध्यक्षमा खगेन्द्र नेपाल, सचिव विष्णु थापा ‘सरगम’, कोषाध्यक्ष एकराज पौडेल र सदस्यहरुमा शुशिल चौधरी, शम्भु सुनार ‘मिलन’, उषा चौधरी, सुनिता चौधरी, क्षितिज पौडेल, महेश अधिकारी, आर पि शर्मा लामिछाने लगायत १५ जना सम्मिलित मञ्चको गठन गरिएको खगेन्द्र नेपालले जानकारी दिए ।
यस मञ्चले बर्दिया जिल्लाका कलाकर्मी तथा स्रष्टाहरुको परिचयात्मक कृति ‘बर्दिया स्रष्टा कोष’ को प्रकाशन, निरन्तर रुपमा विभिन्न सांस्कृतिक तथा साहित्यिक समारोह तथा महोत्सवको आयोजना, प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्नुका साथै जिल्लामा हुने कुनै पनि व्यवसायिक कार्यक्रमहरुमा जाँदा कलाकार तथा स्रष्टाको पारिश्रमिक निर्धारण गर्ने लगायतका कार्यहरु सम्पादन गर्दै जाने अध्यक्ष प्रभात सुवेदीले बताए ।
कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा कलाकार एवम् सञ्चारकर्मी प्रताप कुमार गौतमले आफूले कसम बर्दियाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्दता जनाए ।
कार्यक्रममा बर्दियाका साहित्यकार ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’, लेखक मणि शर्मा, नृत्य निर्देशक पर्शुराम चौधरी, मन्दिप सिंह लगायतको उपस्थिति रहेको थियो । बर्दियाका अग्रज कलाकार महादेव गुरुङ्गको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कलाकार विष्णु थापाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: