वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

बर्दियाको स्थानिय बजारहरुमा रंग र अविर  किन्नेको भीड

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, फाल्गुन २९, २०७३ ।    

राजापुर, बर्दिया ।
बर्दियाको राजापुर लगाएत राजापुर क्षेत्रका स्थानिय बजारमा फागु पुर्णिमा पर्वका लागी आवश्यक रंग र अविर पसलमा स्थानियहरुको भीड लागेको छ । तराई क्षेत्रमा भोलि सोमबारदेखि फागु पुर्णिमा सुरु हुने भएपछि फागु पुर्णिमा पर्वका लागी आवश्यक रंग, र अविर लगाएतका सामान किन्नेहरुको भीड लागेको हो ।

विभिन्न राजनितीक संगठनमा आवद्ध भएका कार्यकर्ताहरुले आफ्नो आफ्नो माग सुनुवाई होस् भनि सरकारलाई दबाब दिन आह्वान गरेको बन्दका कारणले स्थानिय बासीहरुले होलीका लागी आवश्यक सरसामान जुटाउन सकेका थिएनन् । आजबाट स्थानिय बजार पुर्ण रुपमा खुलेपछि बजारमा मान्छेहरुको चहलपहल बढेको र जनजीवन समान्य हुदै गएकोछ । यसैविच होलीमा रमाइलो गरेर रंग, अबिर खेल्दा यसबाट स्वास्थमा पर्न सक्ने नकारात्मक प्रभाव पर्नेसक्ने प्राथमिक स्वाथ्य केन्द्र राजापुरका डा. रुपेश ओडले बताउनुभएकोछ । यसबाट खासगरी छाला तथा आँखामा प्रत्यक्ष असर पर्ने गरेपनि शरीरका अरु अंगहरुमा पनि उत्तिकै नकारात्मक प्रभाव पर्ने गर्छ । खासगरी रंग बनाउँदा प्रयोग हुने विभिन्न रसायनले गर्दा स्वास्थ्यमा असर र्पुयाउँछ । छालामा रंगको प्रत्यक्ष असरले एलर्जी, चिलाउने, इरिटेसन हुने, सुन्निने जस्ता समस्या हुने बढि सम्भावना हुन्छ । निलो रंगको लागि प्रयोग हुने रसायनले छालालाई बढी प्रभाव पार्ने गरेको छ ।

रातो रंगले क्यान्सरसम्म गराउन सक्ने सम्भाना समेत हुने डा. ओडले बतानुभएकोछ । रंगले गर्दा आँखा रातो हुने, चिलाउने, सुन्निने, आँखा कमजोर हुने तथा अस्थाई वा दीर्घकालिन रुपमा अन्धो हुने सम्भावना हुन्छ । होलीमा प्रयोग हुने हरियो र रातो रंगले खासगरी आँखालाई बढी प्रभाव पर्ने गर्छ । त्यस्तै रंग बनाउन प्रयोग हुने अरु रसायनले क्यान्सर गराउने, कलेजो, हड्डी, मिर्गौला जस्ता अंगलाई पनि दीर्घकालीन असर पर्न सक्छ । हाल देखिएको स्वाईनफ्लु, सक्रिय क्षयरोगका किटाणु लगायत हावाबाट सर्न सक्ने विभिन्न रोगहरु पनि सहजै सर्न सक्छ । नजिक बसेर होली खेलिने हुँदा रोग सर्ने सम्भावना बढि हुन्छ । बजारमा यस्ता रंगहरु खुला रुपमा बिक्री हुने गरेका छन् । होली खेल्दै गर्दा आँखा वा छालामा कुनै असहजता महसुस भए तुरुन्त स्वास्थ्यकर्मीको सरसल्लाह लिनुपने सुझाव डा. ओडले दिनुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्: