वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियाको सबै क्षेत्रमा अघिअघि बाम उम्मेदवार, पछिपछि कांग्रेस

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ।    

गुलरिया,बर्दिया ।
बर्दियाको क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार बाम उम्मेदवारहरुले हजारको अग्रता लिएका छन।  क्षेत्र नम्बर १ मा २६ सय २२ मत गन्दा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बामदेव गौतमले १५ सय २९ मत ल्याएका छन भने उनका प्रतिश्पर्धी काँग्रेसका सञ्जय कुमार गौतमले ९ सय २४ मत पाएका छन ।

त्यस्तै बर्दियाको क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम अनुसार २९४४ मतगणना हुँदा बाम गठबन्धनका तर्फबाट माओबादीका उम्मेदवार सन्त कुमार थारुले १६ सय ८६ मत पाएका छन भने उनका प्रतिश्पर्धी काँग्रेसका गोपाल दहितले १ हजार ९४ मत ल्याएका छन ।

त्यस्तै अहिले गणना भईरहेको प्रदेश सभा अन्तरगतका नतिजा:

प्रदेशसभा १(क)
सुर्य: कबिराम- १५८९
रुख: साेदे- ८५०

प्रदेशसभा २ (ख)
हह: दिपेश- १७३३
रुख: नाचुराम- १०६३

प्रतिक्रिया दिनुहोस्: