वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियाको विभिन्न नदी र तालहरुमा जलपंक्षीको गणना कार्य शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २३, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज सहित संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा जलपंक्षी गणना सुरु भएको छ । बर्दियाको कर्णाली नदी, बबई नदि, बढैया ताल र सतखलुवा ताल लगायतका क्षेत्रमा आइतबारदेखी जलपंक्षि गणना सुरु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज, राष्टिय प्रकृती संरक्षण कोष, बर्दिया प्रकृति संरक्षण क्लव र पंक्षि संरक्षण संघको संयुक्त आयोजनामा बर्दियाका बिभिन्न नदी, तलाउ तथा सिमसार क्षेत्रमा संरक्षणकर्मी र चराविद्हरुको संयुक्त टोलीले गरेको अनुगमनबाट जल चराको संख्या गणना गर्दैछ ।
हरेक बर्ष जनवरी ६ तारिखदेखि जनवरी २१ तारिखसम्म बिश्वब्यापी रुपमा चरा गणना गरिन्छ । जाडोको समयमा बिशेष गरेर जलचराहरु उपयुत्त बातावरणको खोजीमा हिड्ने भएकाले यो समय चराको चहलपहल धेरै हुन्छ । चरा गणनाबाट बासस्थान, चराको बानी ब्यहोरामा कतिको फरक परेको छ भनि तथ्यांक निकालिन्छ ।
अनुगमन टोलीले बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत कर्णाली नदी, बबई नदी, गेरुवा नदीसंगै बढैया ताल र सतखलुवा ताल लगायतका सिमसार क्षेत्रमा जल पंक्षि गणना गरिने जनाइएको छ । जलपंक्षी गणनामा हिँडेको टोलीले आइतबार सतखलुवा ताल र बढैया तालसम्म पुगेर १ हजार १ सय ६५ चरा गणना गरेको बर्दिया प्रकृती संरक्षण क्लबका सचिब राजन चौधरीले बताए ।

आगन्तुक जल चराहरुका लागि नेपालकै दोस्रो ठुलो सिमसार क्षेत्र बढैया तालमा साइबेरिया, भारत लगायतका मुलुकबाट चराहरु आउने भएकाले तालको झार हटाउन औषधीको प्रयोग गरेर सफा गर्दा चराको वासस्थान विनास भएको र तालमा माछा खाईदिने डरले चरा भगाउने तर्साउने र ब्यबसायको लागि जिल्ला बिकास समितीले तालमा माछा मार्न दिने भएकाले चरालाई आहाराको अभाब प्रमुख समस्या रहेको जल चरा गणनाका संयोजक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्: