वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

बर्दियाको महिला टोली राष्ट्रिय खो खो प्रतियोगिताको च्याम्पियन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ ७, २०७४ ।    

बर्दिया।
तेस्रो राष्ट्रिय खो खो प्रतियोगिताको महिला तर्फ मध्यपश्चिमको प्रतिनिधित्व गर्दै गएको बर्दियाको टोली च्याम्पियन भएको छ । सो प्रतियोगितामा पुरुष तर्फ भने नेपाली सेनाले बाजी मारेको छ ।
महिला तर्फको खेलमा मध्यपश्चिमले सुदुरपश्चिमलाई १०-८ अंकको अन्तरले हराउदै जित सुनिश्चित गर्‍यो भने पुरुष तर्फ डिफेन्डिङ च्याम्पियन आर्मीले सुदुरपश्चिमलाई १०-७ अंकले हराउदै उपाधीको रक्षा गरेको थियो ।


खेलमा पुरुष तर्फ आर्मीका श्याम बुढाथोकीले उत्कृष्ट चेजर र सुदुरपश्चिमका सन्तोष बोहोराले उत्कृष्ट रनर घोषित भए भने महिला तर्फ मध्यपश्चिमकी लक्ष्मी थापा उत्कृष्ट चेजर र सुदुरपश्चिमकी पूजा ओज उत्कृष्ट रनर घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: