वि.सं.   शनिबार, अशोज ४, २०७६   तदनुसार  21 September 2019

बर्दियाको भुरिगाउँ नजिक बन्चरो प्रहार गरी छोराद्वारा बावुको हत्या

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ ।    

भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका-२, बलाती गाउँमा छोराले बन्चरो प्रहार गरी बावुको हत्या गरेका छन् । जेष्ठ १ गते राति आफ्नै बुवा ७४ वर्षीय रत्नलाल शर्मा पोखरेलको छोरा विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोखरेलले बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

घरमा बावु छोरा मात्र भएको अवस्थामा लागुपदार्थ सेवन गरी आपसी झै-झगडापश्चात बाबुको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुमान गरेको छ ।

बुहारीले ससुरालाई फोन गर्दा फोन नउठाएपछि घरमै गएर हेर्दा कोठाभित्र रगत देखेर प्रहरीलाई खबर गरे पछि प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरिले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरियाबाट आएको टोलीले घटनास्थलमा पुगी शंकास्पद अवस्थामा गाडिएको ठाउँ उत्खनन गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको अवस्थामा शब फेला परेको डि एस पि मदन महराले जानकारी दिए।

घरमा बावु छोरा मात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बास्तविकता अनुसन्धान पछि मात्रै थाहा हुने प्रहरिले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...