वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

बर्दियाको बठनपुर फाँटमा पर्या-पर्यटन प्रवर्धन गर्न मचान निर्माण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
बर्दियाको पर्या-पर्यटनलाई प्रवर्धन र विस्तार गर्ने उद्धेश्य सहित बर्दिया राष्ट्रिय निकुन्ज, राष्ट्रिय प्रकृती सरक्षण कोषको १० लाख सहयोगमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ बठनपुर र वडा नम्बर ८ मढेलामा पर्ने बठनपुर मध्यबर्ति फाँटमा मचान निर्माण गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठको उपस्थितीमा राष्ट्रिय प्रकृती सरक्षण कोषका सदस्य सचिब गोबिन्द गजुरेलले मचानको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले पर्यटन बिकासका लागि आफुहरु सदैब लागि परेको बताएका थिए ।
ठाकुरबाबा नगरपालिका नगर प्रमुख श्रेष्ठको बिशेष आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय प्रकृति सरक्षण कोषका सदस्य सचिब गोबिन्द गजुरेलको प्रमुख आतिथ्यता थियो । ठाकुरद्वारा सामुदायिक वनका अध्यक्ष डम्मर बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रकृति सरक्षण कोषका कार्यकारी निर्देशक दिपक कुमार सिह ,शिबपुर एकिकृत उपभोत्ता समुहका अध्यक्ष दिपलाल कडेल, वडा नम्मर ८ का वडा अध्यक्ष निम प्रसाद थारुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्: