वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

बर्दियाको प्रतिनिधि सभा १ मा काङ्रेसका सञ्जय गौतम विजयी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर २६, २०७४ ।    

गुलरिया,बर्दिया।
बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका सञ्जय कुमार गौतम ४४ हजार ८ सय २९ मत सहित बिजयी भएका छन । उहाँले निकटतम प्रतिश्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतमलाई पछी पार्दै जीत हासिल गरेका हुन ।
लोकतान्त्रिकका सन्जय गौतमले ७ सय ५३ मत अन्तरले बाम गठबन्धनका गौतमलाई पराजित गरेका हुन । प्रतिस्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन ।


यस्तै प्रदेश सभा १ को ‘ख’ मा माओबादी केन्द्रका तिलक राम शर्मा २३ हजार ३ सय ९२ मत सहित बिजयी भएका छन । उहाँका निकटतम प्रतिश्पर्धी कांग्रेसका मंगल प्रसाद थारुले २० हजार ८ सय ४१ मत प्राप्त गरेका छन । शर्माले थारुलाई २ हजार ५ सय ५१ मत अन्तरले पराजित गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्: