वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दियाको चेपाङमा आईएमई सेवा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ ।    

चेपाङ, बर्दिया।
स्वदेश तथा विदेशमा रहेका आफन्तले पठाएको पैसा झिक्न स्थानियहरु या त कोहलपुर वा सुर्खेतको छिन्चु जानु पर्ने बाध्यता रहेको र बैंकिङ सेवा नभएको बर्दियाको बासगढी नगरपालिका-१ बबई चेपाङमा आइएमई सेवा सञ्चालनमा आएसंगै स्थानिय खुशी भएका छन । बबई चेपाङका अधिकांस युवा वैदिशिक रोजगारका लागि बाह्य मुलुकमा भएपनि बैंकिङ सेवा नहुँदा गाउँमा रहेका आफन्तलाई पैसा पठाउन समस्या भएको थियो ।
शर्मा आइएमई मनि ट्रान्सफर सेवा सन्चालनमा आएपछी यो समस्याबाट मुक्त भएको आभास भएको स्थानियको भनाइ छ । आइएमई सेवा सञ्चालन भएपछि बबईको चेपाङ, भङ्गा, बाटुले, कुरुले, हात्तिखाल, गेरुवानीका बासिन्दाहरु प्रत्यक्षरुपमा लाभन्वित भएको वडा अध्यक्ष जयराज पाण्डेले बताए । पाण्डेले यस क्षेत्रमा पहिले देखिनै आइएमइ सन्चालन गर्ने आफ्नो योजना रहेकाले त्यो पुरा भएको र अबको केही दिनमै सहकारी बैंक सन्चालनमा ल्याउने योजना रहेको बताए । उनले भने-“अब स्थानियलाई पैसा बोकेर बजार जानु पर्ने वाध्यता हटेको छ । पैसा आए पनि आफ्नै घर नजिक बुझ्न सकिनेछ। आइएमइ सन्चालन भएपछि स्थानिय वासिन्दाहरु खुशी भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्: