वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दियाको गुलरीयाका दुई जना पत्रकार काँग्रेसबाट उम्मेदवार

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ११, २०७४ ।    

ठाकुरबाबा,बर्दिया
जेठ ३१ हुने स्थानीय तहको निर्वाचन अन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुई जना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।
वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्य समितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका ७ को वडा सदस्यमा र श्रेष्ठलाई वडा नम्बर ५ को वडा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेकोमा बर्दियाका सम्पूर्ण पत्रकारले खुसी व्यक्त गरेका छन् ।
बर्दियाको पत्रकारिता, समाजसेवा र राजनीतिमा विशेष योगदान पुर्याउँदै आइरहेका पत्रकार राजभण्डारी र श्रेष्ठ पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: