वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

बर्दियाको गुराँस बहुमुखी क्याम्पसमा ‘पेन डाउन’ भएपछी विद्यार्थी मर्कामा

        प्रेम बुढा   |   प्रकाशित मिति: बिहिबार, चैत्र १७, २०७३ ।    

मधुवन, बर्दिया।
बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले ५ महिनासम्मको तलब नपाएको भन्दै बुधबार देखी पठन पाठन बन्द गराएका छन ।
क्याम्पस व्यवस्थापन समितिले स्रोतको खोजी नगरेको कारण मर्कामा परेकोले पेन डाउन गरिएको शिक्षकहरुले बताएका छन ।
‘क्याम्पस व्यवस्थापन समिति र शिक्षक,कर्मचारी बिचमा आज भएको छलफलमा आगामी आईतबार नगरपालिकालाई जानकारी गराउने कुरा भएको छ ‘ व्यवस्थापन समितिका अध्यक्ष टंक वलीले भन्नुभयो ‘त्यतिन्जेल पढाउने काम नरोक्न भनेका छौं । ‘
तर शिक्षकहरुले आफ्नो माग सम्बोधन हुने आधार नभए सम्म नपढाउने भने पछि आईतबार सम्म क्याम्पसको पढाई अबरुद्ध हुने देखिएको हो ।
नगरपालिकाबाट क्याम्पसको भौतिक संरचना निर्माणका लागि बजेट निकासा ढिलो हुने भएपछि व्यवस्थापन समितिले क्याम्पसमा रहेको रकम क्याम्पसको भवन निर्माणमा खर्च गरेको थियो । शोदभर्ना बाट पुर्ति गर्ने भनिए पनि नगरपालिकाबाट रकम निकासा नहुदाँ यस्तो समस्या आएको हो ।
नरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले आफु भर्खरै मात्र नयाँ आएकोले सबै कुरा बुझेर निर्णय गर्ने बताउनु भयो ।
उता विद्यार्थीहरुले व्यवस्थापन समिति र शिक्षकहरुको कारण आफुहरुको पढाईमा असर परिरहेकोले छिटो समाधान खोज्न आग्रह गरेका छन ।
आन्तिरिक श्रोतबाट सञ्चालन भएको क्याम्पसमा करिब १५० विद्यार्थी छन । यो त्रिविको सम्बन्धन प्राप्त क्याम्पस हो ।

प्रतिक्रिया दिनुहोस्: