वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दियाको कुसुम्वाघाटबाट प्रहरीले गर्‍यो बेबारिसे बालिकाको उद्दार

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, जेष्ठ २४, २०७४ ।    

बारबर्दिया, बर्दिया ।
बारबर्दिया नगरपालिका वडा नम्बर ३ मा पर्ने कुसुम्वाघाटको झोलुङ्गे पुलमुनि वेवारिशे शिशु फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय बनीयाभारवाट गस्तीमा गएको प्रहरी टोलीले आईतवार राती साढे ८ बजे तिर बबई नदीको कुसुम्वाघाट झोलुङ्गे पुलमुनी अलपत्र अवस्थामा सालनाल सहित जिवित बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बच्चा फेला परेपछि तत्कालै प्रहरीले उद्दार गरी जिल्ला अस्पताल बर्दियामा पुर्याईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताउनुभयो । बेवारीसे अवस्थामा बच्चा कसले र किन छोड्यो भन्ने बारेमा अनुसन्धान भैरहेको उहाँको भनाई छ ।
हाल बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र विभिन्न व्यक्तीहरुले बच्चाको पालन पोषणका लागि सम्पर्क गरीरहेको जिल्ला अस्पताल बर्दियाले जनाएको छ । अस्पतालले बालिकाको नाम प्रकृती राखेर नामाकरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: