वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत भेटिएपछि …

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बुधबार, साउन ११, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
जिल्लाको एक सामुदायिक वनमा बुधबार एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । सदरमुकाम गुलरिया नगरपालिका–५ सुहेलवास्थित राधाकृष्ण थारु महिला सामुदायिक वनमा बुधबार एउटा पोथी चितुवा मृत अवस्थामा भेटिएको हो ।
मृत चितुवा करिव ३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । चितुवा सामुदायिक वनभित्र सिमलको रुख मुनी फेला परेको थियो । “सिमलको रुख नजिकै विद्युतको लाइन गएको छ । चितुवा सिमलको रुख चढ्ने क्रममा त्यही बिद्युतिय तारमा ठोक्किदा करेन्ट लागेर मरेको हुन सक्छ। ” जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिकृत सितेस महतोले बताउनुभयो ।
मृत चितुवालाई जिल्ला वन कार्यालय बर्दियामा ल्याइएको छ । चितुवा कसरी मर्यो भन्ने सम्वन्धमा अनुसन्धान भैरहेकाले बताइएको छ । पोष्टमार्टम पश्चात थप पुष्टि हुने जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: