वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियाका स्व.वि.यु.मा नेविसंको वर्चस्व: ३ मा निर्वाचन स्थगित (नामावली सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन १९, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाका ७ वटा क्याम्पसमा स्वबियु निर्वाचन सम्पन्न भएको छ। जसमध्ये पाँच वटा क्याम्पसको स्ववियु सभापतिमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानल बिजयी भएको छ भने दुईवटा क्याम्पसमा संयुक्त प्यानलका सभापति बिजयी भएका छन् । तिन वटा क्याम्पसमा स्वबियु निर्वाचन स्थगित भएको छ ।

बर्दियामा रहेका १० वटा त्रि.वि. आंगिक क्याम्पसहरु मध्य छ वटामा हिजो (बुधबार) भएको स्वबियुको निर्वाचनमा ५ वटा क्याम्पसमा नेविसंले जित हाँसिल गरेको छ भने नेकपा एमाले निकट अनेरास्वबियुले एक क्यामसमा सभापतिमा विजय हाँसिल गरेको छ । त्यस्तै एकमा माओवादी केन्द्र निकट अनेरास्वबियु क्रान्तिकारी ले सभापतिमा विजय प्राप्त गरेको छ ।

फागुन १४ गते नै सम्पन भएको स्वबियु चुनावमा गुराँस बहुमुखी क्याम्पस, सानोश्रीतारातालमा अनेरास्ववियु क्रान्तिकारीबाट धनसरा जैसी र संयुक्त प्यानलसहित सभापतिमा विजयी हुनुभएको थियो ।
फागुन १८ गते भएको निर्वाचनमा चुरे बहुमुखी क्याम्पस, बगनाहामा नेबिसंबाट नगेन्द्र हमालको प्यानलनै विजयी भएको छ ।
भुरिगाउँ स्थित मनुषा टिकासिंह थापा क्याम्पसमा अनेरावबियुबाट जीवन रिजाल र दुबै प्यानलका मिस्रित सदस्यहरुसहित विजयी हुनुभएको छ।
त्यस्तै मैनापोखरको शारदा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबिसंघका बिकास कोईराला, बाँसगढी क्याम्पसको स्वबियु सभापतिमा शंकर रानाभाट, राजापूरमा रहेको अमरशहिद क्याम्पसमा दिलिप रत्गैया, बर्दिया बहुमुखी क्यम्पसमा सागर पौडेल  विजयी हुनु भएको छ ।

बर्दियाका १० वटा क्याम्पस मध्ये ६ वटा क्याम्पसमा बुधवार निर्वाचन भयो भने सानोश्रीतारातालको गुँरास बहुमुखी क्याम्पसको सभापतिमा १४ गते संयुक्त प्यानल बिजयी भएको हो । तिन वटा क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।

बर्दिया गुलरियाको बबई बहुमुखी क्याम्पस, जनसेवा बहुमुखी क्याम्पस,धधवार र सदाशिव बहुमुखी क्याम्पस मगरागाडीमा विविध कारणवश स्ववियु निर्बाचन स्थगित भएको छ ।

बबई बहुमुखी क्याम्पस गुलरीयामा स्वबियु निर्वाचन कार्यालयमा नेबिसंघले ताला लगाएपछी उत्पन्न विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको हो । नमुना मतपत्र निर्देशिका अनुरुप नभएको भन्दै ताला लगाईएको हो ।
जनसेवा क्याम्पस बैदीमा विद्यार्थी भर्ना भएको र नभएको विषयमा बिबाद भएपछी स्ववियु निर्वाचन स्थगित भएको बताईएको छ ।
यस्तै सदाशिव क्याम्पस मगरागढीमा आपसी सहमती अनुसार यसपटक स्ववियु निर्वाचन नगर्ने बताईएको छ ।

 

  • गुँरास बहुमुखी क्याम्पस, सानोश्रीताराताल – धनसरा जैसी
  • चुरे क्याम्पस, बगनाहा – नगेन्द्र हमाल
  • मनुषा टिकासिँह थापा क्याम्पस, भुरिगाउँ- जीवन रिजाल
  • शारदा बहुमुखी क्याम्पस, मैनापोखर – बिकास कोईराला
  • बाँसगढी क्याम्पस, बाँसगढी – शंकर रानाभाट
  • अमरशहिद क्याम्पस, राजापुर – दिलिप रत्गैया
  • बर्दिया बहुमुखी क्याम्पस,लक्ष्मणा – सागर पौडेल ।
  • बबई बहुमुखी क्याम्पस,गुलरिया – [स्थगित]
  • जनसेवा बहुमुखी क्याम्पस, बैदी – [स्थगित]
  • सदाशिव क्याम्पस, मगरागढी – स्ववियु निर्वाचन नगर्ने जनाईएको ।
प्रतिक्रिया दिनुहोस्: