वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

बर्दियाका सुरक्षा निकायलाई १५ लाखको विपद प्रतिकार्य सामाग्री हस्तान्तरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, साउन ८, २०७५ ।    

गुलरिया,बर्दिया ।
जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले विपद्को बेला अत्यावश्यक पर्ने विपद प्रतिकार्य सामाग्री मगलवार सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ ।
जिल्लाका सवै स्थानिय तहवाट प्राप्त आर्थिक सहयोग तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल नेपाल सिमा सुरक्षा कार्यालय गुलरिया, भैरव प्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्धारा, जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रलाई १५ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको रुपन ज्ञवालीले जानकारी दिएका छन ।
बर्दिया जिल्लामा विपद्को बेला खोज तथा उद्धार कार्यमा संलग्न हुँदा सुरक्षाकर्मीलाई सामाग्रीहरुको अभाव हुदै आएको थियो । जिल्ला विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना २०७५ मा जिल्लामा रहेको सामाग्रीहरुको खाडल पहिचान गरिए वमोजिम विपद् प्रतिकार्य प्रभावित हुन नदिन स्थानिय तहसग अनुरोध गरेर अत्यावश्यक खोज तथा उद्धार सामाग्री खरिद गरिएको प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङ्गले बताए । उनले बर्दिया जिल्ला वाढीका कारण जोखीममा रहेकोले विपद्का वेला हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि सामाग्री हस्तान्तरणले ठुलो सहयोग पुग्ने बताए ।

यसै वर्ष नेपाल रेडक्रस सोसाइटीले समेत रवर वोट लगायत खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने ९ लाख वरावरको सामाग्री स्थानिय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।

खोज तथा उद्धार सामाग्री हस्तान्तरण कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, स्थानिय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार लगाएतको उपस्थिति रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्: