वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बर्दियाका सबै स्थानिय तहमा मतगणना सुरु, नतिजाहरु आउनेक्रम जारी

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, असार १५, २०७४ ।    

स्थानीय तह दोश्रो चरण निर्वाचन अन्र्तगत बुधबार सम्पन्न निर्वाचनको ६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बुधबार रातिबाट मतगणना सुरु भएको छ । जिल्लाका स्थानीय तहहरुबाट मतपेटिका आएपछि सर्वदलीय वैठक बसी मतगणना शुरु गरिएको हो ।

यसैगरी सदरमुकाम रहेको गुलरीया नगरपालिका संगै राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका गरी ३ नगरपालिकामा र बढैयाताल गाउँपालिकामा विहान ८ बजे पछी मतगाणना गर्ने भनिए पनी बिहान साढे ११ बजेपछि मात्र मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिका
मेयर
नेपाली कांग्रेस – मक्कुराम थारु ६९, उपमेयर – लिला भाट ७६
ने.क.पा. एमाले – घननारायण श्रेष्ठ १०७, उपमेयर – बिना भट्टराई ९७
माओवादी केन्द्र – नेत्रराज आचार्य १०४, उपमेयर – कृष्णा कुष्माथारु (आस्था) १२४
राप्रपा – श्रीराम थारु २, उपमेयर – अमृता खडका २
स्वतन्त्र – खुसीराम थारु १९
स्वतन्त्र – राम बहादुर शाही ०

मधुवन नगरपालिका
मेयर
नेपाली कांग्रेस – जग्गाप्रसाद पाण्डे ७९८, उपमेयर – तुल्सी पुनमगर ८१५
ने.क.पा. एमाले – दुर्गा बहादुर वली ३०१, उपमेयर – हिरा कुमारी चौधरी ३०१
माओवादी केन्द्र – गणेश बहादुर क्षेत्री ९५०, उपमेयर – शुभरानी थारु ९४२
राप्रपा – नरेशजंग शाह २६, उपमेयर – सारदा शाही ३६
कुल खसेको मत २१ हजार ७ सय ९०, गणना भएको मत २ हजार २

बाँसगढी नगरपालिका
मेयर
नेपाली कांग्रेस – गंगाधर पौडेल १४, उपमेयर – श्यामपतिया थारु १५
ने.क.पा. एमाले – शालीकरम अधिकारी १९२, उपमेयर – सुष्मा चौधरी १९४
माओवादी केन्द्र – बिनाराम थारु १८४, उपमेयर – भोमी बिदलो १८०
राप्रपा – रामचरण थारु १, उपमेयर – धनादेबी थापा १

गेरुवा गाउँपालिका
अध्यक्ष
नेपाली कांग्रेस – जमानसिंह केशी ९४, उपाध्यक्ष – हेमकुमारी थरुनी ८८
ने.क.पा. एमाले – नुतनकुमार चौधरी ५५, उपाध्यक्ष – मञ्जु शर्मा ५६
माओवादी केन्द्र – विश्व बहादुर थारु १६८, उपाध्यक्ष – नरु सिंह १६७
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी ४१

प्रतिक्रिया दिनुहोस्: