वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दियाका युवाहरु संगठित हुँदै, विकासप्रेमी युवा समूह संस्था दर्ता प्रक्रियामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया जिल्लाका युवाहरु संगठित रुपमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ संगठित हुन थालेका छन्  । बर्दिया जिल्ला भित्र रहेका तथा बर्दियामा घर भई देश तथा विदेशका विभिन्न स्थानमा रहेका सकारात्मक सोच भएका युवाहरु संगठित भइ विभिन्न सामाजिक कार्य संचालन गर्ने उद्देश्यका साथ सामाजिक संजाल मार्फत संगठित हुने अभियानमा लागेका युवाहरुको शुक्रवार मधुवन नगरपालिकाको वेलवामा सम्पन्न भेलाले विकासप्रेमी युवा समूह, बर्दिया नामक गैर नाफामूलक सामाजिक संस्था दर्ता प्रक्रिया अगाडि वढाउने निर्णय गरेको छ ।
संस्था गठन गर्नका लागि ठाकुरबाबा–१, भुरिगाउँका गोपाल निरौलाको अध्यक्षतामा ९ सदस्यिय संस्थाको तदर्थ समिति र ८ सदस्यिय सल्लाहकार समिति समेत गठन गरिएको छ । बर्दिया अनलाईन संगको सहकार्यमा विकासप्रेमी युवा समूहले २०७४ श्रावण २८ र २९ गते वर्दियामा आएको वाढीवाट प्रभावित व्यक्तिहरुका लागि विभिन्न सहयोग उपलगराएको थियो भने वर्दिया जिल्लामा क्रिकेट प्रतियोगिता संचालन गर्ने लक्ष्य समेत राखेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: