वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दियाका नवनिर्वाचित जनप्रतिनिधि घरदैलोमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाका नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद लगायत नेता कार्यकर्ताहरू पछिल्लो समय नागरिकको घरदैलोसम्म पुगिरहेका छन् । चुनावमा निर्वाचित भए पश्चात् प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित जनप्रतिनिधिहरु गाउँटोलमै पुगेर मतदाताहरूलाई भेटिरहेका छन् ।


उनीहरूले मतदाताहरूलाई निर्वाचनमा अमूल्य मत दिएर जिताएको भन्दै धन्यवाद पनि दिइरहेका छन् । नवनिर्वाचित सांसदहरू मतदाताहरूको बधाई तथा शुभकामना लिँदै उनीहरूका समस्यालाई नजिकबाट बुझिरहेका छन् । मतदाताहरूका गाउँठाउँमै गई जनताका समस्याहरूको समाधान गर्ने प्रतिवद्धतासमेत जनाइरहेका छन् । मतदाता भेटघाटमा व्यस्त जनप्रतिनिधीहरुले बर्दियाको समग्र विकासका लागि अघि बढ्ने बताएका छन् ।

विजयी उम्मेदवारहरूले गाउँघरमै पुगेर मतदाताहरूका गुनासा, सुझाव र सल्लाहलाई आत्मसात गर्न थालेपछि मतदाताहरू आफ्नो गाउँठाउँको विकास हुनेमा आशावादी छन् । जिल्लाका सबै नेता कार्यकर्ताहरु समेत अहिले दैनिक विभिन्न गाँउक्षेत्रका मतदाता भेटघाटमा व्यस्त रहेका छन् । यस्तै पाँच नम्बर प्रदेशका अन्य जिल्लाबाट निर्वाचित सांसद लगायत नेताकार्यकर्ताहरु समेत नागरिकको घरदैलोमा पुगिरहेका छन् । जनप्रतिनिधि गाउँ पस्न थालेपछि नागरिकहरु पाँच नम्बर प्रदेशमा विकासको नयाँपनको आभास मिल्नेमा ढुक्क बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: