वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बर्दियाका कुन स्थानिय तहमा कुन बैंक आउँदै छ ? हेर्नुहोस्

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस १२, २०७४ ।    

बर्दिया ।
देश संघिय संरचनामा गएपछि हरेक स्थानीय तहमा कम्तीमा एउटा बाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारको योजना अनुरुप हरेक स्थानीय तहहरुमा शाखा स्थापना गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । बाणिज्य बैंकको एउटा पनि शाखा नभएका ४ सय ११ स्थानीय तह मध्ये २ सय ५० वटामा बैंकहरुले शाखा स्थापना गर्ने तयारी गरेका छन्। सोही अनुसार बर्दियामा बाँकी रहेका केही स्थानीय तहमा विभिन्न वैंकहरुका शाखाहरु छिट्टै स्थापना हुने भएका छन् । आवश्यक पूर्वाधार भएको खण्डमा छिट्टै शाखा सञ्चालन हुने बैंकर्स संघले जनाएको छ।

बर्दियाका बाँकी स्थानिय तहहरुमा आउन लागेका बैकहरु यी हुन –
-ठाकुरबाबा नगरपालिकामा कुमारी बैंक ।
-बढैयाताल गाउँपालिकामा सिटिजन्स बैंक ।
-बाँसगढी नगरपालिकामा एभरेस्ट बैंक ।
-गेरुवा गाउँपालिकामा मेघा बैंक ।

प्रतिक्रिया दिनुहोस्: