वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

बर्दियाका कुन नगरपालिका र गाउँपलिकाले कति बजेट पायो ? पुरा सुचीसहित हेर्नुहोस्

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १६, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
सोमबार संसदमा अर्थमन्त्री कृष्ण महाराले करिब पौने १३ खर्बको बजेट प्रस्तुत गरे लगत्तै अर्थ मन्त्रालयले स्थानीय तहलाई प्राप्त हुने रकमको विवरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष ०७४/७५ को बजेटमा बर्दियाका छ नगरपालिका र दुई गाउँपालिकाहरुमा झन्डै ३० करोड देखी ५० करोडसम्मको बजेट बिनियोजन गरिएको छ। बर्दियामा सबैभन्दा बढी बारबर्दिया नगरपालिकामा ४९ करोड १० लाख २१ हजार छुट्ट्याईएको छ भने गेरुवा गाउँपालिकामा २९ करोड २४ लाख ५२ हजार  बिनियोजन गरिएको छ । समग्रमा बर्दिया जिल्लामा ३ अर्ब १२ करोड ६१ लाख ४ हजार छुट्ट्याइएको छ । स्थानीय तहलाई विनियोजन गरेको बजेटमा निर्शत र सर्शत अनुदान पनि दिइएको छ ।

बर्दियाका छ नगरपालिका र दुई गाउँपालिकाहरुमा बिनियोजित बजेट तल प्रस्तुत छ:

१. गुलरिया नगरपालिका : ४६ करोड ९४ लाख ८५ हजार
२. ठाकुरबाबा नगरपालिका: ३२ करोड ५४ लाख ४९ हजार
३. बाँसगढी नगरपालिका: ४३ करोड ७८ लाख ९४ हजार
४. मधुवन नगरपालिका: ३५ करोड ८ लाख ५४ हजार
५. राजापुर नगरपालिका: ३९ करोड ८६ लाख ८२ हजार
६. बारबर्दिया नगरपालिका: ४९ करोड १० लाख २१ हजार

७. गेरुवा गाउँपालिका: २९ करोड २४ लाख ५२ हजार
८. बढैयाताल गाउँपालिका: ३६ करोड २ लाख ६७ हजार

प्रतिक्रिया दिनुहोस्: