वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

बमको आशंकामा डिस्पोज, भेटियो चरेस

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६ ।    
Loading...

भुरिगाउँ (बर्दिया) : ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोला देखे पछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेस फेला परेको छ । शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए ।

सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । हिँडडुल गर्नेलाई भने सडकदेखि तलतिरबाट आवतजावत गर्न दिइएको थियो । सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेस फेला पारेको हो ।

दिउँसो सवा १२ बजेपछि यातायात सञ्चालन भएको छ । शनिबार बिहान राजमार्गमा पर्ने भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो । अगाडि प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेससहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठाकुरबाबा नगरपालिका–२ सिंहवाहिनी टोल क्याम्पस नजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: