बबई पुल नजिक मोटरसाईल दुर्घटना; एक जना घाईते
पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बबई पुल नजिक मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।
टिकापुरबाट कोहलपुर गईरहेको लु २१ प ३१५४ नम्बरको मोटरसाईकल बबई नजिक ओरालोमा दुर्घटना हुँदा कोहलपुरका प्रदीप सुबेदी घाईते भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
घाईते सुबेदी कोहलपुर सिदार्थ हाडवेयरका संचालक रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्: