वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बबई नदीमा पानीको सतह बढ्दै: बबई र भादा आसपासका बासिन्दा सुरक्षित स्थानमा जान आग्रह

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन २८, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
शुक्रबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण बबई नदीमा पानीको सतहले खतराको संकेत नाघेको छ ।
नदीमा पानीको सतह बढेर खतराको संकेत भन्दा माथी पुगेकाले बबई र भादा नदी किनारका बासिन्दा सर्तक भएर नआत्तीएर सुरक्षित स्थानमा जान बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले आग्रह गर्नुभएको छ ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका अनुसार बबई नदिको पानीको सतह मापन केन्द्र चेपाङ्गमा ७ दशमलव ११ मिटर पानीको सतह पुगेको छ । अहिले खतराको लेभर भन्दा माथी पुगेको छ । ६ दशमलव १ भन्दा बढी भएमा मात्र बबई नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ ।
बबई नदीको तल्लोतिर भादा नदीमा पानीको सतह अहिले ७ दशमलव ६ पुगेको छ । भादा नदीमा पानीको सतह बढीरहेको छ । ८ भन्दा बढी भएमा बाढी पस्न सक्छ ।
बबई नदीको चेपाङ्गबाट बाढी गाउँ समुदाय भएको स्थान सम्म पुग्न १०, ११ बजे भित्र पुग्न सक्ने भएकाले समुदायलाई सर्तकता अपनाउन अनुरोध गरीएको छ ।
यस्तै कर्णाली नदीमा अहिले पानीको सतह ४ दशमलव ९७ मिटर पुगेको छ । कर्णाली नदीमा पानीको सतह बढीरहेको छ । १० दशमलव ८० भन्दा बढी भएमा कर्णाली नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ । यस्तै ओराही खोला र मान खोलामा पनि बाढी आएको छ । ओराही खोलामा पनि बाढी आउँदा बर्दिया निकुञ्ज आवतजावत बन्द छ ।
बबई नदी र कर्णाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । अबिरल वर्षाका कारण स्थानिय खोला र कुलामा पानीको सतह बढेकाले सर्तकर्ता अपनाउन अनुरोध छ ।
बबई नदीको बाढी नदी किनारका बारबर्दिया नगरपालिकाको बनियाभार, पदनाहा र सदरमुकाम गुलरीयाका केही वडा लगायतका स्थानमा पसेको जनाईएपनि बाढी कहाँ कहाँ पसेको भन्ने पुष्टि भने भएको छैन ।
गत वर्ष साउन २९ र ३० गते बबई नदीमा बाढी आउँदा ठुलो जनधनको क्षती भएको थियो ।

कुनै भवितब्य आईपरे तलका नम्बरहरुमा तुरुन्त खबर गर्नुहोला:

जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र : ०८४-४२०९९९
प्रमुख जिल्ला अधिकारी, बर्दिया: ०८४- ४२०१३३
र नजिकको प्रहरी कार्यालयहरु ।

– नदीहरुको अवस्थाबारे जानकारी लिन यहाँ थिच्नुहोला ।
– वर्षाको विवरण हेर्न यहाँ थिच्नुहोला ।

प्रकाशित समय: बिहान ७:१५
प्रतिक्रिया दिनुहोस्: