वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बबईमा साईरन बज्यो । सतर्क रहन आग्रह !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, साउन १९, २०७४ ।    

मनसुनको सुरुवातसँगै नदी, खोलाहरुमा पानीको बहाब बढी बाढी आउने खतरा बढेको छ। लगातारको वर्षाले बबई नदीमा पानीको बहाव बढ्दै गएको छ । वर्षाले बर्दियामा पर्ने बबई, ओराही र कर्णाली नदीको सतह नियमित भन्दा बढेको हो ।  अहिले बबई चेपाङ र रानीजरुवामा पानीको सतह बढेर साईरन बजिरहेको छ । यस आसपासका बासिन्दाहरु सतर्क रहनु पर्ने देखिएको छ।

आत्तिहाल्नु पर्ने अवस्था नरहेपनि निरन्तरको वर्षाले गर्दा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बर्दिया अनलाईन हार्दिक अपिल गर्दछ ।

अहिले कुन कुन नदीमा साईरन बजिरहेको छ ? हेर्नुहोस् ताजा ।

कुनै भवितब्य आईपरे तलका नम्बरहरुमा तुरुन्त खबर गर्नुहोला:

जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र : ०८४-४२०९९९
प्रमुख जिल्ला अधिकारी, बर्दिया: ०८४- ४२०१३३
र नजिकको प्रहरी कार्यालयहरु ।

नदीहरुको अवस्थाबारे जानकारी लिन यहाँ थिच्नुहोला ।
वर्षाको विवरण हेर्न यहाँ थिच्नुहोला ।

प्रतिक्रिया दिनुहोस्: