वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बबईको बाढीले बर्दियाको कृषि क्षेत्रमा ४६ करोड नोक्सानी

        सुदीप अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, भदौ ६, २०७४ ।    

ठाकुरबाबा, बर्दिया
यस वर्ष बबई नदी तथा अन्य स– साना खोलामा आएको बाढीले बर्दियामा करिव ४६ करोड मूल्य बराबरको बालीनालीमा क्षती पुर्याएको बताइएको छ । बबई नदी,मान खोला र अन्य खोलानालामा आएको बाढीले खेतबारी, डुबान,कटान र पटान हुंदा कृर्षी क्षेत्रमा झण्डै ४६ करोडको क्षती भएको हो । यसबाट करिव १७ हजार कृषकका प्रभावित भएका छन् ।
धान उत्पादनको लागि उर्वरभुमि मानिने बर्दियामा बाढीका कारण १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली र ३५ हेक्टर जमिनमा लगाइएको केराबाली नष्ट भएको जिल्ला कृर्षी कायालयले जनाएको छ । बाढीका कारण यसबाट यस वर्ष धानको उत्पादकत्व घटने निश्चित भएको छ । बाढीका कारण धान खेत डुबान हुँदा र बाढीले बगाएर ल्याएको बालुवा र माटोले धान खेती पुरिदा धानबालीमा नोक्सानी पुगेको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले सो जानकारी दिए ।
बाढीले धान, मकै, अलहरका साथै तरकारी बालीसमेत ठूलो क्षति पुरयाएको छ । वरिष्ठ कृषि विकास अधिकृत रावतका अनुसार बाढीले यहाँ ३० लाख मुल्य बराबरको माछाका भुरा समेत बगाएको छ ।
यस वर्षको बाढीले जिल्लाका गुलरिया, बाराबर्दिया नगरपालिकामा सबै भन्दा बढी धान, तरकारी, अलहर, केरा, मकै लगायत अन्य बालीमा पनि ठुलो क्षती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसैगरि ठाकुरबाबा र बाँसगढी नगरपालिकामा पनि बालीनाली क्षती भएको छ ।
बाढीका कारण बर्दियामा ३ हजार हेक्टर क्षेत्रफल कृषि खेति योग्य जमिन बगरमा परिणत भएको छ । कृषकहरुले खेति गरेको धान, मकै, अडहर लगायतका बालीमा बाढीले बालुवा र ढुंगा ल्याएर थुपारे पछि खेति योग्य जमिन पुरै बगर भएको हो । असार मसान्त भित्र धान रोपाई सकिएको बर्दियामा यस बर्ष समयमै रोपाई सकिएपछि धान उत्पादन बृद्धि हुने अनुमान गरिएको थियो । बाढीले हजारौ पशु चौपाया समेत बगेको अनुमान बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...