वि.सं.   आइतवार, बैशाख ८, २०७६   तदनुसार  21 April 2019

बन्ने भयो बर्दियाको सदरमुकाम जोडने हुलाकी सडक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

बर्दिया ।
लामो समय देखि अलपत्र अवस्थामा रहेको बर्दियाको सदरमुकाम गुलरीया सम्म ओहोरदोहोर गर्ने मुख्य हुलाकी सडक कालोपत्रे हुने भएको छ । निर्माणका लागि गएको वर्ष माघ ८ गते पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सिलान्यास गरेका थिए ।

३० महिना भित्र हुलाकी राजमार्ग कालोपत्रे निर्माण कार्य सक्ने गरी राजापुर देखि बेलवा चोक सम्म २१ किलोमिटर र भुरीगाउँ बेलवा हुँदै गुलरीया मुर्तिया सम्मको साढे ३५ किलोमिटर सडक कालोपत्रे निर्माण कार्यका लागि राजापुर र सदरमुकाम गुलरियामा शिलान्यास भएको थियोे ।  सदरमुकाम गुलरीया सहित भारतीय सीमा नजिक जोडन र पुर्व पश्चिम राजमार्ग संग जोडन साढे ५६ किलोमिटर लामो सडक कालोपत्रे निर्माण कार्यलाई सरकारले औपचारिकता दिएपछी सिलान्यास भएको हो ।

भुरीगाउँ देखि १८ किलोमिटर सम्म सडक निमार्णका लागि भिम बहादुर साउदको शर्मा राजेन्द्र जेभी, कन्ट्रक्सनले ठेक्का पाएको छ भने गुलरिया हुँदै मुर्तिया सम्मको १८ किलोमिटरका लागि हरीनायारण रौनियारको पप्पु कन्ट्रक्सनले ठेक्का पाएको छ । यसैगरी राजापुर देखि बेलुवा सम्म २१ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ जेभीले ठेक्का पाएको छ । भुरिगाउँ गुलरिया हुदै मुर्तिहा सम्मको साढे ३५ किलोमिटर सडकको लागत ६२ करोड १८ लाख रहेको छ भने राजापुर देखि बेलवा सम्मको २१ किलोमिटर सडकका लागि ३० करोड ६ लाख रकम खर्च हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ ।

भुरिगाउँ गुलरिया जोड्ने हुलाकि सडकको निमार्ण कार्य भुरिगाउँ बजारबाट कालोपत्रेको काम पनि दुई हप्ता भित्रै सुरु हुने भएको छ ।
लामो समयसम्म सडक निमार्ण नहुदा सडकमा बिच्छाइएको ग्राभेल र धुलोका कारण पानी पर्दा हिलो र पानी नपर्दा धुलो उडेर सास्ती भोगिरहेका ठाकुरवावा नगरवासीहरु सडक निमार्णको कार्य सुरु भएसगैं खुशी हुने भएका छन् ।

पहिलो चरणमा भुरिगाउँ गुलरिया जोड्ने १८ किलोमिटर सडक निमार्ण हुने शर्मा राजेन्द्र जेभि ठेकेदार राजेन्द्र पौडेलले बताउनुभयो । भुरीगाउँ गुलरीया र राजापुर बेलुवा चोक सम्मको सडक साढे २ वर्ष भित्र कालोपत्रे गरि सक्ने लक्ष्य राखिएकाले आगामी असार मसान्त भित्रै सम्पन्न गरिसक्नु पर्ने भएकोले जिल्ला प्रशासन कार्यालयले पनि सडक निर्माणका ठेकेदारलाई ताकेता गरीरहेको छ ।

यो पनी पढ्नुहोस् :

सदरमुकाम जोड्ने हुलाकी सडक धुलाम्मे हुँदा स्थानियलाई सास्ती

बाटो धुलोमय हुँदा बगनाहा बजारका ब्यापारीहरु मर्कामा

कालोपत्रे गरिदैँ हुलाकी सडक

हुलाकी सडक निर्माण आषाढ मसान्त भित्रै कालोपत्रे गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...