वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

बन्दको त्रास : बर्दियामा दुई प्रेसर कुकर बम भेटिए

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६ ।    

गुलरिया (बर्दिया) ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग र गुलरिया–भुरिगाउँ हुलाकी सडक अन्तरगत पर्ने दुई छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । गुलरिया–भुरिगाउँ हुलाकी सडक अन्तरगत सदरमुकाम गुलरिया बजार क्षेत्र नजिक पर्ने डिभिजन वन कार्यालय नजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्तरगत कतरनिया चोकमा कुकर बम फेला परेका हुन् ।

पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई लक्षित गर्दै सडकमा बम राखिएको हुन सक्ने प्रहरीको जनाएको छ । बम भेटिएका स्थानहरुमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिए ।

विप्लव नेतृत्वको पार्टीले आह्वान गरेको बन्दका कारण बर्दियाको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधनहरु चल्न सेकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...