वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बन्दका कारण बर्दियाको जनजिवन प्रभावित (फोटो फिचर)

पूर्व पश्चिम राजमार्ग दिउँसो १ बजेबाट खुल्यो

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, पुस १२, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
गाई मारेको बिरोधमा आह्वान गरिएको बन्दका कारण बर्दियाको जनजिवन प्रभावित बनेको छ ।

बन्दका कारण मंगलबार बिहानै देखी भुरिगाउँ, बगनाहा, ताराताल, बाँसगढी लगायतका बजार पूर्ण रुपमा खुलेका छैनन भने यातायातको साधनहरु पनी चल्न सकेको छैन जसका कारण यात्रुहरु बिचमै अलपत्र परेका छन ।

यसैबिच बन्दकर्ताहरुले राजमार्गमा कोण सभापछि बन्द गरिएको पूर्व पश्चिम राजमार्ग दिउँसो १ बजेदेखि खोलिएको बन्दकर्ता बर्दियाका संयोजक बासुदेव पोख्रेलले जानकारी दिनुभयो ।

बन्दकर्ताहरुले गुलरिया, भुरीगाउँ बजार, सानाश्रीताराताल र राजापुरमा र्याली तथा भजन किर्तन गर्दै सडकमै गाईको पूजा समेत गरेका थिए ।  संघका केन्द्रिय अध्यक्ष पदम कुँवर तथा महासचिव युनिक क्षेत्री कमलको संयुक्त हस्ताक्षरित विज्ञप्ती अनुसार देशमा धर्म निरपेक्षता घोषणा पश्चात विभिन्न बहानामा राष्ट्र, राष्ट्रियता र नेपालको मैलिक धर्म संस्कृति मास्ने षड्यन्त्र स्वरुप विभिन्न खालका नियोजित प्रहार भइरहेकाले बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।​

गाई मार्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्: