वि.सं.   शनिबार, अशोज ४, २०७६   तदनुसार  21 September 2019

बढैयाताल वनवाटिका पार्क निर्माण हुने

        सोम गुरुङ   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ९, २०७६ ।    

बढैयाताल (बर्दिया) ।
बढैयाताल गाउँपालिकामा बढैयाताल वनवाटिका पार्क निर्माण हुने भएको छ ।  सो वाटिकाको लागि  सहरी वन तथा नगर वन उद्यान कार्यक्रम अन्रतगत डिभिजन वन कार्यालय बर्दियाको आर्थिक वर्ष २०७५/७६ को बजेट दश लाख रुपैयाँ, बढैयाताल गाउँपालिकाको छ लाख रुपैयाँ र
मानझुन्डी सामुदायिक वन उपभोक्ता समुहको एक लाख चालिस हजार चार सय छ रुपैयाँको जनसहभागिता समेत गरि जम्मा सोह्र लाख चालिस हजार चार सय छ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

मानझुन्डी सामुदायिक वन उपभोक्ता समूहको खण्ड नं. १ गुलरिया–नेपालगन्ज हुलाकी सडकको दक्षिणमा सो वनवाटिका पार्क निर्माण गर्नका लागि बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत  लाल बहादुर योगी, मानझुन्डी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेर बहादुर रावल र डिभिजन वन कार्यालय गुलरियाका  डिभिजन वन अधिकृत हरिप्रताप श्रेष्ठ बिच त्रिपक्षिय सम्झौता भएको छ ।

पार्कको निर्माण कार्य २०७६  आषाढ १५  गते सम्म सम्पन्न गर्ने सहमति  भएको छ  । उक्त पार्क क्षेत्र १० हेक्टरमा रहेको साथै वहु वर्षीय योजनामा परेकोले सो पार्कमा बाल उद्यान,  फलफुलहरुको बँगैचा र पिकनिक स्थल जस्ता संरचना बनाइने मानझुन्डी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय प्रमुख  पदम बहादुर बुढामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...