वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बढैयाताल गाउँपालिका बालश्रम मुक्त गाउँपालिका घोषणा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४ ।    

बर्दिया।
स्थानीय युवा समुह ,गाउँपालिका र बिभिन्न संघ संस्थाको पहलमा बर्दियाको बढैयाताल गाउँपालिकालाई शुक्रवार एक समारोहका बिच निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको छ।
पुर्व उपप्रधानमन्त्री एंव एमाले उपाध्यक्ष बामदेव गौतम, सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतम,जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु,बढैयाताल गाउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ , महिला विकास अधिकृत गीरा बस्नेतको विशेष उपस्थितिमा बढैयाताललाई निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।

नेपाल सरकारले सन् २०२० सम्ममा नेपाललाई नै बालश्रम मुक्त देश घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप बढैयाताल गाउपालिकालाई बालश्रम निषेध गाउपालिका घोषणा गरिएको प्रमुख लालबहादुर श्रेष्ठले बताए । निकृष्ट प्रकारका बालश्रम हटाउन अभिभावक शिक्षा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको युवा महिला समुहका अध्यक्ष सजना थारुले बताईन ।
२०७२ सालमा गरिएको बिस्तृत सवेक्षणमा बर्दिया जिल्ला भित्र र बाहिर गरि कुल ६ सय ९२ जना बालबालिकाहरु घरेलु श्रम, यातायात, होटल, पसल लगायका क्षेत्रमा काम गर्दे आईरहेको महिला विकास अधिकृत गीरा कुमारी बस्नेतले बताईन ।

बर्दियामा बढैयाताल गाउँपालिका बालश्रम मुक्त घोषणा गर्ने पहिलो गाउँपालिका भएको छ ।

प्रतिक्रिया दिनुहोस्: