वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

बढैयाताल गाउँपालिकामा भारतबाट अवैध रुपमा ल्याइएको मालसामान बरामद

          |   प्रकाशित मिति: सोमवार, चैत्र १८, २०७५ ।    

बढैयाताल (बर्दिया) ।
बढैयाताल गाउपालिकाको वडा नंम्बर ६ शिव मन्दिर चोक र वडा नंम्बर २ फुटाहाको बाटोको छेउबाट भारतबाट अवैध रुपमा ल्याइएको मालसामान प्रहरीले बरामत गरेको छ ।

अवैध मालसामानहरु भन्सार चोरी पैठारी गरी ल्याई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया, बर्दियामा पठाईएको प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनाली जानकारी दिए ।

बढैयाताल गाउपालिका वडा नंम्बर.७ बस्ने २३ बर्षका कृपाराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यादवको साथबाट प्रहरीले सुपरपावर सुर्ती ३५० पोका, अग्रवाल सुट १२ पिस, राजेश सुट ८ पिस, कैलाश सुट ३ पिस, १ थान सुटपिस, ५ थान खाता कपडा, १२० थान साईकलको टायर, ४ रोल फलामको जाली, भे ४ प ७२२० नम्बर र भे २ प ३३९६ नम्बरको २ वटा मोटर साइकल गरी अन्दाजी मुल्य २ लाख १० हजार ४सय बराबरको अबैध सामान बरामद गरिएको मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...