वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बढैयाताललाई पर्यटकीय क्षेत्र बनाउने योजनासहित ७९ करोड १९ लाखको बजेट पारित

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, कार्तिक ११, २०७४ ।    

बढैयाताल, बर्दिया । 
बर्दियाको वढैयाताल गाउँपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा विशेष विकास गर्ने गरी आर्थिक वर्ष ०७४ / ७५ को पारित बजेट सार्वजनिक गरिएको छ। नेपालको संविधान ०७२ का विभिन्न धाराहरुमा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकिय क्षेत्रहरुको पूर्वाधार विकास एवं पर्यटन प्रर्वद्धनलाई मुख्य योजना बनाई ७९ करोड १९ लाख रुपैया बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताए। सभाले पारित बजेट अन्र्तगत पुँजीगत तर्फ ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ ४ करोड ८२ लाख ४४ हजार रुपैया विनियोजन गरेको हो ।
गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवस्यक सवारी साधन, हेवी ईक्युपमेन्ट लगायतका आधारभुत पूर्वाधारका लागि समेत बजेट पास गरेको छ। अध्यक्ष श्रेष्ठले थपे गाउँपालिका अन्र्तगतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत लगायतका आवस्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौं।
कर्मचारी नियुक्ती र उनको क्षमता अभिवृद्धि सँगै पिछडावर्ग, मधेसी, मुस्लिम, विपद व्यवस्थापन लगायतका कार्यहरुमा समेत बजेट केन्द्रित गरिएको छ। सभाले गाउँपालिकाको निति तथा कार्यक्रम समेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषि उपजका पकेट क्षेत्रहरु वनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।
पशुपंक्षी, दुग्धजन्य वस्तु उत्पादन वढाउँदै कृषि उपज संकलन क्षेत्रहरु निर्माण गर्ने निति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले भिलेज प्रोफाईल वनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सीमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकिय स्थलहरुलाई पर्यापर्यटनसँग जोड्दै पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने निति पारित भएको अध्यक्षको भनाई छ ।
गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या परेको छ। आवस्यक जनशक्ति अभावमा जनताको काम तोकिएको समयमै गर्न कठिनाई भैरहेको उनले प्रष्ट्याए ।
पारित वजेट कार्यान्वयमा निगरानी गरिने वताउँदै जनताको वजेट पूर्ण सदुपयोग गर्ने निति लिईएको उनले बताए। निर्माणका सवैकाम ठेक्का प्रकृया मार्फत गर्दै मुल्यांकन र अनुगमनमा विशेष समिति निर्माण गर्दै गुणस्तरिय कामलाई प्राथमिकता दिईने बताए।
बजेटले गाउँपालिकाको सवैक्षेत्रलाई समेट्न नसकेको स्थानिय भुवनेश्वर थारुले बताएका छन् । उनले भने पहिलो पटक भएर पनि होला आशातित क्षेत्रहरु वजेटले छुन सकेन।
बजेटले जस्तो सुकै क्षेत्रलाई समेटेको भएपनि यस क्षेत्रको पर्यटन विकास र प्रर्वद्धनलाई विशेष जोड दिएको राम्र्रै कुरा होु उनले भने।
यादब आचार्यले लेखेको यो समाचार हामीले अन्नपूर्ण पोष्टबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: