वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बढैयातालका मोहन खटिकको सुतिरहेको अवस्थामा हत्या

        प्रेम बुढा   |   प्रकाशित मिति: सोमवार, कार्तिक १९, २०७५ ।    

बढैयाताल,बर्दिया।
बढैयाताल गाउँपालिका ३ गोप्रेपुरका स्थानिय मोहन खटिकको हत्या भएको छ । घरमा सुतिरहेको अवस्थामा गोली हानिएको स्थानियले दाबी गरेका छन । पेटमा देखिएको घाउको प्रकृति हेर्दा गोली हानिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । खटिकको नेपालगञ्जको टिचिङमा उपचारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।
पोष्टमार्टम रिपोर्ट आए पछि मात्रै गोली चलेको नचलेको पत्ता लाग्ने प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले जानकारी दिए । प्रहरीले घटना स्थलको डग स्क्यानिङ गरिरहेको छ । सोमबार विहान करिब २ बजेको समयमा गोली चलेको भनि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अहिले सो क्षेत्रमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना स्थल वरपर रगत तथा संकास्पद वस्तु नभएकोले गोली नै हो भन्ने पुष्टि गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । मृतक खटिकको पोष्टमार्टम भइरहेकोले आधिकारीक पुष्टी हुन समय लाग्ने कुरुम्बाङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्: