वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

बढी कैद सजायको त्रास देखाउने अदालतका कर्मचारी घुससहित पक्राउ

        छापाबाट   |   प्रकाशित मिति: सोमवार, अशोज २३, २०७४ ।    

काभ्रे ।
सेवाग्राहीसँग घूस लिंदै गर्दा जिल्ला अदालत काभ्रेका नायव सुब्बा सूर्यबिनायक नगरपालिका १० का राजेन्द्र खत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खत्रीको स्कुटरमा राखेको १ लाख २५ हजार नगद बरामद गरेको हो ।
बढी कैद सजायको त्रास देखाउँदै खत्रीले सिन्धुपलाञ्चोकका सुदीप दुलालको परिवारबाट रकम असुलेका थिए । सुदीपले चलाएको बा ३ ख ८४०४ नम्बरको ट्रिपर र बा १५ ड ३५६८ नम्बरको जिप ठोक्किदा चालक पूर्णबहादुर पाण्डे र प्रदीप शिवाकोटी घाइते भएका थिए ।
घाइते दुवैको दुलालको परिवारले उपचार खर्च बेहोरेर डिस्चार्ज भइसकेका छन् । अंगभंग मुद्दामा ८ वर्षसम्म कैद हुनसक्ने त्रास देखाउँदै खत्रीले रकम असुलेका हुन् । दुलाल भने सोमबार नै न्यायाधीश श्यामसुन्दर अधिकारीको आदेशबाट ५ हजार धरौटीमा रिहा भएका छन् । खत्रीले आजै रकम बुझेलगत्तै अख्तियारको टोलीले पक्राउ गरेको हो ।
साभार: कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: