वि.सं.   सोमवार, फाल्गुन ७, २०७४   तदनुसार  19 February 2018

बढीपिडीतद्वारा दबाबमुलक कार्यक्रम आयोजना: माग पुरा नगरिए स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, फाल्गुन १४, २०७३ ।    

बगनाहा, बर्दिया ।
बबई बाढी पिडीत संघर्ष समिती बबई नगरपालिकाको आयोजनामा बबई नगरपालिकाको बगनाहामा शनिबार संघर्ष समिती बबई नगरपालिका का उपाध्यक्ष जगुधरी वि.क.को सभापतित्वमा दबाबमुलक कार्यक्रम सम्पन्न भएको छ ।
२०७१ श्रावण २९ गते बबई नदीमा आएको बाढीबाट पूर्णरुपमा क्षती ब्यहोरेका साविक बगनाहा, नेउलापुर, बानियाभार, सुर्यपटुवा लगायतका विस्थापीतहरुको संलग्नतामा कार्यक्रम सम्पन्न भएको हो ।
मन्त्री परिषदबाट बाढी पिडीतका लागी स्विकृत भएको रकम छिटो उपलब्ध गराउनु पर्ने, किस्ताबन्दी रकम एकमुष्ट रुपमा उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमको आयेजना गरिएको बबई बाढी पिडीत संघर्ष समिती नगरपालिकाका कोषाध्यक्ष गणेश श्रेष्ठले बताउनु भयो ।
स्वीकृत  गरिएको रकम उपलब्ध गराए मात्र स्थानिय तहको निर्वाचनमा भोट हाल्ने बताउँदै आफुहरुको माग पुरा नगरिए स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी दिईएको छ ।

आयाजित कार्यक्रममा बाढीपिडीत संघर्ष समितीका क्षेत्रीय संयोजक बल बहादुर थापाले माग पुरा नगरिए जिल्ला प्रशासन कार्यालय घेराउ गर्न आफुहरु बाध्य हुने बताउनु भयो । कार्यक्रममा बाढीपिडीत संघर्ष समिती बर्दियाका अध्यक्ष विन्तीराम थारु, उपाध्यक्ष रन्जना थारु लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: