वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

बगनाहा सेवाकेन्द्र स्तरीय कृषक समन्वय समिति पुर्नगठन

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३ ।    

बगनाहा, बर्दिया ।

बगनाहा कृषि सेवाकेन्द्र स्तरीय कृषक समूह समन्वय समिति पुर्नगठन गरिएको छ । बगनाहा कृषि सेवाकेन्द्र स्तरीय कृषक समूह समन्वय समितिका निवर्तमान अध्यक्ष लिलाधर गौतमको सभापतित्वमा कृषि सेवाकेन्द्र वगनाहामा सम्पन्न समन्वय समितिको वैठकवाट अध्यक्षमा शान्ता भण्डारी, उपाध्यक्ष भगवती पौडेल, सचिव मनोजकुमार शाह, सहसचिव टिकाराम विक र कोषाध्यक्षमा भुमिराज शर्मा चयन हुनु भएको छ ।

सदस्यहरुमा मोहन थारु, कमानसिंह वली, रामचन्द्र पाण्डे, टिकाराम शर्मा, नयाराम सुनार र कुलवहादुर खड्का चयन हुनुभएको छ । सल्लाहकार समितिको संयोजकमा लिलाधर गौतम र सदस्यहरुमा कण्ठ कठायत र हरिप्रसाद भट्टराई चयन हुनु भएको कृषि सेवाकेन्द्र, वगनाहाका प्रमुख ध्रुवराज वमले वताउनु भएको छ ।

बबई र सानोश्री ताराताल नगरपालिका सहित यस क्षेत्रमा रहेका शिवपुर, ठाकुरद्वारा, सूर्यपटुवा र ढोढरी गा.वि.स.मा रहेका कृषक र कृषक समूहविच समन्वय र सहकार्य गरि कृषकहरुका समस्या समाधान गर्ने उद्देश्यले कृषि सेवाकेन्द्र स्तरीय कृषक समूह समन्वय समिति गठन गर्ने गरिएको प्रमुख वमले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: