वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

बगनाहामा लागुऔषध नियन्त्रण तथा रोकथाम समिति गठन

          |   प्रकाशित मिति: बुधबार, माघ २४, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा रहेको प्रहरी चौकी बगनाहा स्तरीय लागु औषधी नियन्त्रण तथा रोकथाम समिति गठन गरिएको छ । प्रहरी चौकी सूर्यपटुवा हाल बगनाहाको कार्यक्षेत्र भित्र पर्ने ठाकुरवावा नगरपालिका वडा नम्बर ३,४ र ५ का जनप्रतिनिधि, वडघर, रेडक्रस तथा संघ संस्थाका प्रतिनिधि, शिक्षक, व्यापारी, समाजसेवी, वुद्धिजीवीहरूको बैठकले उक्त समिति गठन गरिएको हो ।
परम्परागत रूपमा हुने गांजा, भांङ, धतुरो, अफिम खेतीलाई निरूत्साहित गर्दै लागु पदार्थको दुरब्यसनमा लागेका व्यक्तिहरू पहिचान गरि लागुपदार्थको दुर्व्यसन त्याग्न सहयोग पुर्‍याउने उद्देश्यले समिति गठन गरिएको हो । समितिको संयोजकमा ठाकुरवावा नगरपालिका वडा नंम्बर ३ का वडाध्यक्ष श्रीकृष्ण थारू र सदस्य सचिवमा प्रहरी चौकी इन्चार्ज बगनाहाका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर केसी, त्यस्तै सदस्यहरूमा वडा नंम्बर ४ र ५ का वडा अध्यक्षहरु शेरबहादुर थारू र गंगाराम जैसी, वडा सदस्य मनवीर धरकटुवा, नेपाल रेडक्रस सोसाइटी बगनाहाका उपसभापति जनार्दन योगी, शिक्षक यज्ञ नेपाल, बगनाहा बजार व्यवस्थापन समिति अध्यक्ष केशव बहादुर शाह, प्रगति साकोसका सचिव मनोज शाह, वडघरहरु अर्जुन थापा ,तेजबन्धु लम्साल र पर्ना थारू रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: