वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

बगनाहामा निकुन्ज र बबई उपभोक्ता समितीले युवाहरुलाई दियो कम्प्युटर तालिम

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, पुस ६, २०७३ ।    

बगनाहा, बर्दिया ।
बर्दियाको बगनाहामा युवाहरुमा रोजगारमुलक क्षमता बढाउने उदेश्यका साथ ३ महिने कम्प्युटर तालिम सन्चालन भएको छ ।
बर्दिया राष्ट्रिय निकुन्जको आर्थिक सहयोगमा बबई उपभोक्ता समितीको आयोजनामा रोजगारमुलक ३ महिने कम्प्युटर तालीम कार्यक्रम बर्दियाको बगनाहामा सुरु भएको हो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै देबिप्रसाद देबकोटाले तालिमले युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गर्ने विश्वाश ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बबई नगरपालिकाका बिभिन्न वडाका ३८ जना पर्शिक्षार्थीहरुको सहभागीता रहेको जनाईएको छ । सो तालिम ३ महिनासम्म बगनाहास्थित डि आर कम्प्युटर इन्सिच्युटमा सन्चालन हुने देबिराम थारुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: